दरबारमार्गमा क्याफे कफी डे

लोकप्रिय क्याफेले आफ्नोे सम्पूर्ण मेनुलाई पनि परिमार्जन गरेको छ । यसलाई तातो र आरामदायी वातावरण दिने उद्घोषसमेत गरेको छ । यो नयाँ मेनु अन्य आउटलेटहरूमा पनि उपलब्ध गराइनेछ, जसमा खानाको परिकारका साथै पेय पदार्थहरुमा पनि विकल्पहरू देख्न सकिने जनाएको छ ।

भारतीय बहुराष्ट्रिय कफी ब्रान्ड क्याफे कफी डेले आफ्नो तेस्रो नयाँ आउटलेट दरबारमार्गमा खोलेको छ । यो तेस्रो आउटलेटका साथ, नेपालका युवावर्गका उपभोक्ताहरूसँग क्याफे कफी डेको समापन गर्ने लक्ष्य राखेको छ । अभिनेत्री स्वस्तिमा खड्काद्वारा औपचारिक रूपमा आउटलेटको उद्घाटन गरिएको हो ।

लोकप्रिय क्याफेले आफ्नोे सम्पूर्ण मेनुलाई पनि परिमार्जन गरेको छ । यसलाई तातो र आरामदायी वातावरण दिने उद्घोषसमेत गरेको छ । यो नयाँ मेनु अन्य आउटलेटहरूमा पनि उपलब्ध गराइनेछ, जसमा खानाको परिकारका साथै पेय पदार्थहरुमा पनि विकल्पहरू देख्न सकिने जनाएको छ । मेनुमा मःमः पिज्जा, बिर्यानी, चिकेन बटर मसला विथ राइस र वोक टोस्ट ओरिएन्टल फ्राइड राइस जस्ता परिकार पनि समावेश गरिएको छ ।

नयाँ आउटलेट दुई फ्लोरमा विभाजित गरिएको छ । जसको पहिलो तलामा ४० जना बस्ने क्षमता छ भने दोस्रो तलामा ३० जनाको सिट क्षमता छ । यो आउटलेटको पहिलो तला १ हजार १ सय वर्गफुटमा फैलिएको छ भने दोस्रो तला १ हजार वर्गफिटका साथै खुला छत पनि छ, जहाँबाट काठमाडौँका अनेकन रमाइला दृश्य अवलोकन गर्न सकिन्छ । साथमा क्याफे कफी डेका क्याफेमा स्थानीय वास्तुकला र परिदृश्यदेखि प्रेरित विशिष्ट नेपाली डिजाइनका कलाकृति समेत हेर्न र महसुस गर्न सकिन्छ ।

नेपालमा ब्रान्ड क्याफे कफी डेका मास्टर फ्रेन्चाइजी एवं स्तव्य हस्पिटालिटीका निर्देशक रवि तिब्बरालाले भने, ‘हामीले दरबारमार्गमा एउटा नयाँ आउटलेट लन्च गरेकोमा एकदमै खुसी छौं । सीसीडीले पहिले देखिनै कयौं अन्तर्राष्ट्रिय बजारमा आफ्नो बलियो पकड बनाइसकेको छ । जवालाखेल र वसन्तपुरमा हाम्रो आउटलेट लन्च गरेदेखि सीसीडीले पनि नेपाली बाजारमा एउटा सनसनी पैदा गरेको छ । यसैकारण हामी दरबारमार्गमा हाम्रो तेस्रो आउटलेट लन्च गर्न प्रेरित भएका हौँ ।’

क्याफे कफी डेले नेपालका अन्य स्थानमा पनि आफ्नो उपस्थिति विस्तार गर्ने योजना बनाएको छ ।