करका कारण ‘डुइङ बिजनेस’ प्रतिवेदनमा नेपाल तल झर्यो

विश्व बैंकले १९० वटा मुलुकमा गरेको अध्ययनमा नेपालले ५९.६३ अंक प्राप्त गर्दै नेपाल ११० औं स्थानमा झरेको हो । गत बर्ष नेपालले ५९.९५ अंक प्राप्त गरेको थियो । एक बर्षको अवधिमा नेपालको ०.३२ अंक घटेको हो । विश्व बैंकले हरेक बर्ष अध्ययनमा परेको मुलुकहरुको लगानी अवस्था र विस्तारको वातावरणका विषयमा प्रतिवेदन सार्वजनि गर्दै आइरहेको छ । विश्वका लगानीकर्ताहरु अन्य मुलुकमा गएर लगानी गर्ने निर्णय पनि यसै प्रतिवेदनमा आधारित रहेर गर्ने विश्वबैंकको दावी छ ।

संविधान निर्माण, तीन तहको निर्वाचन र बहुमतको सरकारसँगै राजनीतिक स्थिरता भएपश्चातपनि नेपाल सहज व्यावसायिक वातावरण भएको मुलुको सूचीमा तल झरेको छ । २०१९ का लागि विश्व ब्यांकले बुधबार प्रकाशित गरेको ‘डुइङ बिजनेस’ प्रतिवेदनमा नेपाल अघिल्लो बर्षभन्दा ५ स्थान तल झर्दै ११० को सूचीमा पुगेको छ ।

विश्व बैंकले १९० वटा मुलुकमा गरेको अध्ययनमा नेपालले ५९.६३ अंक प्राप्त गर्दै नेपाल ११० औं स्थानमा झरेको हो । गत बर्ष नेपालले ५९.९५ अंक प्राप्त गरेको थियो । एक बर्षको अवधिमा नेपालको ०.३२ अंक घटेको हो । विश्व बैंकले हरेक बर्ष अध्ययनमा परेको मुलुकहरुको लगानी अवस्था र विस्तारको वातावरणका विषयमा प्रतिवेदन सार्वजनि गर्दै आइरहेको छ । विश्वका लगानीकर्ताहरु अन्य मुलुकमा गएर लगानी गर्ने निर्णय पनि यसै प्रतिवेदनमा आधारित रहेर गर्ने विश्वबैंकको दावी छ ।

दक्षिण एशियामा नेपाल चौथो सहज व्यावसायिक वातावरण भएको मुलुक बनेको छ । अफगानिस्तान, पाकिस्तानभन्दा राम्रो वातावरण नेपाल भएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । अफगानिस्तान १६७ स्थान र पाकिस्तान १ सय ३६ स्थानमा रहेको छ । त्यस्तै भारत ७७, भुटान ८१, श्रीलंका, १०० स्थानमा रहेका छन् । चिन ४६ स्थानमा रहेको छ । गत वर्ष नेपाल दक्षिण एशियामा तेस्रो स्थानमा रहेको थियो ।

डुइङ बिजनेस रिपोर्टका १० सूचकमध्ये नेपालले चार वटामा सुधार गरेको छ । त्यस्तै दुई सुचकमा स्थिर र दुई सुचकमा ओरोलो लागेको छ । सुधार गरेका सुचकमध्ये व्यवसाय सुरुआतमा गत बर्षभन्दा ०.३४, विद्युत प्राप्तीमा ०.३३, सम्पती दर्तामा ०.०४ र निर्माण अनुमती प्रक्रिया सुचकमा २.२५ अंकले सुधार भएको छ । कर तिर्ने (पेइङ ट्याक्स) सुचकमा भने गत बर्षभन्दा ५.१४ अंकले घटेको छ । त्यस्तै दिवालिएपन समाधान सुचकमा ०.९९ अंकले घटेको छ ।

गतबर्ष सहज वातावरण बन्नुमा संविधान निर्माण, स्थानीय तहको निर्वाचन र २०७३ मा जारी भएको औद्योगिक व्यवसाय ऐनको भूमिका रहेको र यो पटक सरकार राजश्वमूखी भएकाले नेपालको अवस्था खस्केको व्यवसायीहरु बताउँछन् ।

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले धेरै सुचकहरु राम्रो हुँदाहुँदै पनि पछिल्लो पटक सरकारले करमा भारी बृद्धि गर्नु र राजश्वमुखी हुनु नै डुइङ बिजनेस रिपोर्टमा नेपाल तल झरेको बताए । ‘सबै क्षेत्रमा कर बढ्दै गएको छ, स्थानीय तहमा पनि कर मनोमानी ढंगले लगाएपछि वातावरण सहज हुँदैन,’ उनले भने ।