टोयोटा सुप्रा स्पोर्ट्स कार १७ वर्षपछि भारतमा, नेपाली बजारमा कहिले आउला ?

टोयोटाले सुप्राको अन्तिम उत्पादन सन् २००२ मा गरेको थियो । अब जनवरीमा हुने ‘डेट्रायट अटो सो’मा सुप्रा पुनः लन्च गरिने छ । लन्च भएको लगत्तै यसको बिक्री भारतीय बजारमा सुरु हुने छ ।

टोयोटाको स्पोर्ट्स कार १७ वर्षपछि जनवरी २०१९ मा भारतीय बजारमा पुनरागमन हुँदैछ ।

टोयोटाले सुप्राको अन्तिम उत्पादन सन् २००२ मा गरेको थियो । अब जनवरीमा हुने ‘डेट्रायट अटो सो’मा सुप्रा पुनः लन्च गरिने छ । लन्च भएको लगत्तै यसको बिक्री भारतीय बजारमा सुरु हुने छ ।

टोयोटा सुप्रा पुनः उत्पादन आरम्भ सन् २०१२ मा टोयोटा र बीएमडब्ल्यूबीच एउटा प्रोजेक्टको सिरिजअन्तर्गत भएको थियो । यसको उत्पादन नयाँ बीएमडब्ल्यू जेडफोरसँग गरिने छ । टोयोटा सुप्राको इन्जिन पावर बीएमडब्ल्यूसँग लिइएको ३.० लिटरको हुनेछ र यसले ३४० एचपीको पावर तथा ४७५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ८–स्पिड जेडएफ स्वचालित ट्रान्समिसन हुनेछ जसले कारको रियर भिल्जमा पावर दिनेछ ।

टोयोटा सुप्राको तौल करिब एक हजार पाँच सय किलोग्राम हुनेछ । यसको बडी स्टिल र आल्मुनियमले बनाइने छ भने यसको अन्य स्टाइलका बारेमा कम्पनीले अझै कुनै जानकारी सार्वजनिक गरेको छैन । कम्पनीका अनुसार यस गाडीको अनलाइन बुकिङ् सुरु भइसकेको छ ।