नेपाली बजारमा विशेषगरी क्रसफायर, क्रसएक्स, होन्डा, बीएसई, हाईफोर्ड, डुकाटी, बीएमडब्ल्यू, यूएम, टेकेन, लेमोटो, एसियन विस्ट, रेजु, अप्रिलालगायत कम्पनीका डट बाइकको बढी बिक्री हुने गरेको छ । यी कम्पनीका डट बाइक नेपालमा तीन लाखदेखि २५ लाखसम्म पर्ने गरेको व्यवसायी बताउँछन् ।
केही महिनाअघि टेकेन्स नामक बाइक बजारमा सार्वजनिक भयो । गत भदौमा सम्पन्न भएका नाडा अटो सोको मुख्य आकर्षणका रुपमै सो बाइक परिचित भयो । तर उपत्यकाको रोडमा चल्ने महँगा लोकप्रिय बाइकले अटो सोमा भाग लिएनन् । जसको कारण हो— त्यस्ता किसिमका बाइकलाई कुनै अटो सोको जरुरत छैन । यहीँबाट थाहा हुन्छ— नेपालमा डटबाइको मोह कति छ ।
केहि दिनअघि फेरि अप्रिलका एसएक्स र एक्सएस १ सय २५ इन्जिन क्षमताका डटबाइक नेपाली बजारमा भित्रिएका छन् । नेपालका लागि अप्रिलाको आधिकारिक वितरक डिलाइफ स्टाइल्स कम्पनीले यी बाइक भित्र्याएको हो ।
नेपाली बजारमा अप्रिलाका एसएक्स १५० र १२५ इन्जिन क्षमताका स्कुटरले भने व्यापक चर्चा बटुलिसकेका छन् । कम्पनीका अनुसार यी बाइक इटालियन कम्पनीमा आधारित छन् । दुवै बाइकको नाम फरक छ । तर नेपालमा मूल्य एउटै छ । बजारमा दुई ओटा बाइकको मूल्य आठ लाख रुपैयाँ पर्छ ।
अफरोड बाइक, जस्तोसुकै सडकमा पनि सजिलैसँग यात्रा गर्न सकिने भएकाले पनि डट बाइको अकर्षण बढेको छ । यी बइकमा पनि यस्तै विशेषता छन् ।
अप्रिलाका एसएक्स र आरएक्स बाइक ड्युल च्यानल एबीएस प्रविधिमा आधारित छन् । दुवै बाइकले दिने माइलेज, पावर, इजिन क्षमता, तौल, इधन क्षमता भने एउटै छ । अप्रिला एसएक्स र आरएक्स १२५ बाइक भएका फिचरमध्ये दुवै बाइकको माइलेज प्रतिलिटर ३५ किलोमिटर, पावर १५ बीपीएच, टप स्पिड प्रतिघण्टा एक सय १५ किलोमिटर, इन्धन क्षमता पाँच लिटर छ ।
यससँगै बजारमा डट बाइक भित्र्याउने लहर बढेको छ । त्यसमा पनि विभिन्न कम्पनीले युवाको रोजाइमा आधारित भई यस्ता किसिमका उच्च पावर क्षमता इन्जिन भएका बाइकनै नेपाली बजारमा भित्र्याउने होड चलिरहेको छ ।
नेपाली बजारमा विशेषगरी क्रसफायर, क्रसएक्स, होन्डा, बीएसई, हाईफोर्ड, डुकाटी, बीएमडब्ल्यू, यूएम, टेकेन, लेमोटो, एसियन विस्ट, रेजु, अप्रिलालगायत कम्पनीका डट बाइकको बढी बिक्री हुने गरेको छ । यी कम्पनीका डट बाइक नेपालमा तीन लाखदेखि २५ लाखसम्म पर्ने गरेको व्यवसायी बताउँछन् ।