‘उद्याेगी पक्राउ गरेर सरकारले लगानीकाे वातावरण विगार्याे’

इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि नवलपरासीले किसानको आठ करोड ५८ लाख ९६ हजार ४८१ तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीले ३८ करोड ६८ लाख रुपैयाँ किसानको बक्यौता तिर्न बाँकी रहेको जनाइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले उद्योगी पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

उखु किसानको रकम भुक्तानी नतिर्ने उद्योगीलाई सरकारले पक्राउ गरेपछि त्यसको विरोधमा चिनी उद्योग सङ्घ उत्रिएको छ । सरकारले पटकपटक उखु किसानको रकम तिर्न उद्योगीहरुलाई निर्देशन दिए पनि अटेरी गरेको भन्दै मङ्गलबार इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालिका सञ्चालक राकेश अग्रवाललाई पक्राउ गरपछि त्यसको विरोधमा सङ्घ उत्रिएको हो ।

इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि नवलपरासीले किसानको आठ करोड ५८ लाख ९६ हजार ४८१ तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीले ३८ करोड ६८ लाख रुपैयाँ किसानको बक्यौता तिर्न बाँकी रहेको जनाइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले उद्योगी पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

चिनी उद्योग सङ्घले बुधबार विज्ञप्ति जारी गर्दै उद्योगीहरुलाई धरपकड र पक्राउ गर्नाले समस्याको समधान नभई झन अन्योल परिस्थितिको सिर्जना हुने उल्लेख गरिएको छ । कृषकहरुलाई समयमा भुक्तानी गर्ने चिनी उद्योगको चाहना हुँदाहुँदै पनि समयमा चिनीको बिक्रीवितरण नहुनुलगायत विभिन्न समयसामयिक परिस्थितिले गर्दा समयमा भुक्तानी हुन नसकेको बताएका छन् ।

उद्योगी व्यवसायीलाई उखुको मुल्यू भुक्तानी गर्न वा तिर्न लगाउन अनेक विधि र प्रक्रिया हुँदाहुँदै पनि उद्योगी व्यवसायीलाई पक्राउ गर्नुले समाजमा नकारात्मक सन्देश जाने भएकाले सम्बन्धित निकायहरुले गम्भीर भएर समस्या समधानमा सहयोग पुग्ने कार्यहरु गर्न सम्बन्धित निकायहरुले गम्भीर भएर समस्या समधानमा सहयोग पु¥याउन अनुरोध गरेका छन् ।