गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

मेलामा प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले व्यावसायिक फूल खेती अझै विस्तार हुनुपर्नेमा जोड दिए । यसका लागि आफुहरुसँगसहकार्य गर्दै आयातित फूलको प्रतिस्थापन गर्न बाटोमा लाग्न व्यवसायीलाई आग्रह गरे ।

तिहार र छठपर्वलाई लक्ष्य गरी गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बिहीबारदेखि जावलाखेल मैदानमा सुरु भएको हो ।

मेलामा प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले व्यावसायिक फूल खेती अझै विस्तार हुनुपर्नेमा जोड दिए । यसका लागि आफुहरुसँगसहकार्य गर्दै आयातित फूलको प्रतिस्थापन गर्न बाटोमा लाग्न व्यवसायीलाई आग्रह गरे ।

कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव ईश्वरप्रसाद रिजाल, वनस्पति विभागका महानिर्देशक डा. सञ्जीव राई, कृषि विभागका उपमहानिर्देशक रेवतीप्रसाद पौडेललगायतले फूल व्यवसाययमा हात हालेकाहरुलाई प्रोत्साहित गर्ने बताए ।

फूलको व्यावसायिक प्रवद्र्धन गर्न प्रदर्शनी महत्त्वपूर्ण हुने फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । गोदावरी फूलको विविध जाति प्रजातीहरुमध्ये प्रदर्शनीमा स्पाइडरतर्फ सम्झना नर्सरी, मिनियचरतर्फ मिलन नर्सरी, इन्क्रर्भतर्फ अजिमा नर्सरी, रिफ्लेक्समा सम्झना नर्सरी र कट फ्लावरमा ए एस कट फ्लावर नर्सरी विजेता बनेका छन् ।

प्रदर्शनीमासम्झना नर्सरी उत्कृष्ट प्रदर्शक बनेको छ भने टीटीआर बगलामुखी नर्सरी दोस्रो र अजिमा नर्सरी तेस्रो बनेका छन् । मेलामा व्यावसायिक स्टल ४४, सूचनामूलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्ष छन् ।

३६ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने मेलामा ४५ लाख रुपैयाँबराबरको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।