प्रदर्शनीमा साढे दुई करोडको जुत्ता कारोबार

‘आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नारा रहेको प्रदर्शनीमा स्वदेशी छालाजुत्ता ज्याकेट, ब्याग र चप्पलको कारोबार भएको थियो । प्रदर्शनीका मुख्य आकर्षण स्वदेशमै गरिएको रबर खेती एवं उत्पादन तथा अपाङ्गमैत्री जुत्ता रहे ।

फुटवेयर म्यानुप्mयाक्चरर्स एसोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार भएको छ ।

‘आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नारा रहेको प्रदर्शनीमा स्वदेशी छालाजुत्ता ज्याकेट, ब्याग र चप्पलको कारोबार भएको थियो । प्रदर्शनीका मुख्य आकर्षण स्वदेशमै गरिएको रबर खेती एवं उत्पादन तथा अपाङ्गमैत्री जुत्ता रहे ।

करिब ९० हजार दर्शकले अवलोकन गरेको उक्त प्रदर्शनी यही पुस १३ देखि १८ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको थियो । नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले प्रदर्शनीको समापन गर्दै सरकारले मुलुकमा ससाना घरेलु उद्योगलाई संरक्षण गर्नुपर्ने नीतिलाई अवलम्बन गर्नुपर्नेमा जोड दिइन् । सोही महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले स्वदेशी उत्पादनलाई वृद्धि गरी आयात प्रतिस्थापन गर्नसकेमा देशमा आर्थिक विकास हुने बताए ।

प्रदर्शनीमा सर्वसाधारणदेखि सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारी तथा पूर्वमन्त्री समेतले अवलोकन गरेका थिए । प्रदर्शनीमा १३५ बिक्रीकक्ष रहेको सञ्चार संयोजक नवराज भट्टराईले जानकारी दिए । प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासङ्घले सहयोग गरेका थिए ।