तालछेउमा केकको स्वाद

लेकसाइडमा बेकरीको कमी देखेपछि पोखराका युवा व्यवसायी ओम उपाध्यायले केक लेक बेकरी सञ्चालनमा ल्याएका हुन् । ४० भन्दा बढी बेकरी आइटम उपलब्ध हुने केक लेकमा उपाध्यायलाई रोशन महर्जनले साथ दिएका छन् ।

तालसँगै जोडिएको लेकसाइड । नेपाल आउने पर्यटकको दोस्रो गन्तव्य । नेपालभित्र युरोपियन शैलीलाई अँगाल्दै गएको लेकसाइडमा खुलेका रेष्टुरेन्ट, नाइट क्लब, पब, बारले लेकसाइड पुग्नेको मन तानेकै छ । साँझदेखि मध्यरातसम्म जागा हुने लेकसाइडमा थपिएको केक लेक बेकरीले पनि पछिल्लो पटक त्यहाँ पुग्नेहरुको ध्यान तानिरहेको छ ।

लेकसाइडमा बग्रेल्ती खुलेका रेष्टुरेन्ट, बार, पबको बीचमा केकलेक बेकरीले छोटो समयमा नै धेरैलाई आकर्षित बनाएको हो । बिहानको ब्रेकफास्ट होस्, दिउँसोको लन्च, युरोपियन शैलीमा डिनर नै गर्नेहरुका लागि पनि केक लेक पछिल्लो पटक धेरैको रोजाइमा पर्न थालेको छ ।

लेकसाइडमा बेकरीको कमी देखेपछि पोखराका युवा व्यवसायी ओम उपाध्यायले केक लेक बेकरी सञ्चालनमा ल्याएका हुन् । ४० भन्दा बढी बेकरी आइटम उपलब्ध हुने केक लेकमा उपाध्यायलाई रोशन महर्जनले साथ दिएका छन् ।

लेकसाइडमा रेष्टुरेन्टका लागि विकल्प नै विकल्प छ । तर बेकरीका लागि कुनै विकल्प थिएन । त्यही कुरा ध्यानमा राखेर केक लेक सञ्चालन गरिएको उपाध्याय बताउँछन् । ‘हामीले बिहान कफीसँग ब्रेकफास्टदेखि साँझसम्म डिनरका आइटम बेकरीमै उपलब्ध गराउँछौं,’ उनले भने ।

केक लेकमा चेकलेट, क्रिम, फ्रुट केक, मफिन, ब्राउनी, स्न्याक्स, प्रेस्टी, खमिर, रस्क टोस्ट, ब्राउन, गार्लिक ब्रेड, स्यान्डविच, बेक्ड पास्ता, पिज्जालगायत आइटम उपलब्ध हुन्छ ।

७० लाख लगानीमा सञ्चालनमा आएको बेकरीमा १० जना कर्मचारी कार्यरत छन् । उपाध्याय नौ वर्षदेखि ओम्स एब्रोड कन्सल्ट (ओएसी), पोखरा वेडिङ र सेन्टर प्लाजाका सञ्चालकसमेत हुन् ।