सुनको वार्षिक वृद्धि ७ वर्षकै उच्च

उत्तर कोरियाको किचलो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव अभियानताका भएको रुसी घोटाला र लगातार भइरहेको अमेरिकी मुद्रास्फीतिले सन् २००३ पछिको सबैभन्दा खराब स्थितिमा पुगेको सुन उकालो लाग्नु ग्रीनब्याकसँग संयोग हुनु हो

गएको हप्ताको अन्तिम दिन सुनले आप्mनो दौडमा तीन महिनाकै उच्चतम स्तरसम्म पुग्यो । अमेरिकी डलर, राजनीतिक तनाव, अमेरिकाको ब्याज दरमा भएको वृद्धिको प्रभावले कमजोर भएको यो पहेँलो धातुको सात वर्षकै सबैभन्दा ठूलो वार्षिक वृद्धि हो ।

उत्तर कोरियाको किचलो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव अभियानताका भएको रुसी घोटाला र लगातार भइरहेको अमेरिकी मुद्रास्फीतिले सन् २००३ पछिको सबैभन्दा खराब स्थितिमा पुगेको सुन उकालो लाग्नु ग्रीनब्याकसँग संयोग हुनु हो एएपीको समाचारमा भनिएको छ ।
गत सेप्टेम्बरको अन्त्यपछि १३०७.६० डलर प्रतिऔंसको आप्mनो उच्चतम स्तरसम्म बुलियन पुर्याउने दोहोरो अङ्को लाभ पाउनुभन्दा अघि डलरको सूचकाङ्क वर्षको अन्तिम दिन शुक्रवार तीन महिनाको न्यूनतम स्तरमा पुग्यो ।

सिकागोमा हाई रिज फ्युचर्सका लागि धातूको व्यापार गर्ने निर्देशक डेविड मेजरले भने, सशक्त चार्ट, कमजोर डलर र आधारभूत कारकहरु छेलोखेलो हुने अपेक्षाले वर्षको अन्त्यसम्म सुनको मूल्यमा वृद्धि भएको हो । वर्षको समाप्ति गर्दै शुक्रवार बेलुकासम्म स्पट सुनको मूल्य ०.६७ प्रतिशतले बढेर १३०३.३७ डलर प्रति औंस पुग्यो । यस महिनामा अमेरिकी बैङ्कहरुले आफ्नो  दृष्टिकोणमा कुनै परिवर्तन नगर्ने सङ्केतहरुको उल्लेख गर्दै मेजरले भने, ‘बितेको फेड बैठकमा थोरै परिवर्तन भएको हुँदा कमोडिटी बजारमा केही हरियो प्रकाश देख्न पाइयो ।’