१४ औँ राष्ट्रिय औद्योगीक प्रदर्शनी सम्पन्न

फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ राष्ट्रिय औद्योगीक प्रदर्शनी सम्पन्न भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ७५ हजार दर्शकले अवलोकन गरेको तथा करिब रु साढे दुई करोड वरावरको कारोबार भएको मेला संयोजक नानीराज घिमिरेले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले प्रदर्शनीको समापन गर्दै सरकारले मुलुकमा ससाना घरेलु उद्योगलाई संरक्षण गर्नुपर्ने नीतिलाई अवलम्बन गर्नुपर्नेमा जोड दिइन ।

महासङ्घका वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले स्वदेशी उत्पादनलाई वृद्धि गरी आयात प्रतिस्थापन गर्नसकेमा मात्र देशमा आर्थिक विकास हुने बताए । कार्यक्रममा सङ्घका अध्यक्ष रविन कुमार श्रेष्ठले प्रदर्शनीका प्रायोजक तथा सहभागीहरु कम्पनीहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको लागी आव्हान गरे ।

अध्यक्ष श्रेष्ठले जुत्ता उद्योगमा भित्रिएको विकृति र वषै भरी जुत्ता मेला लगाउने प्रवृतिले जुत्ता उद्योगनै धरासयी हुने भन्दै यस तर्फ वेलैमा सचेत हुन सबैलाई आग्रह गर्दै संघले त्यसका विरुद्ध उचित कदम चाल्ने बताए ।