कम्पनीले आकर्षक फिचर तथा मूल्यमा यो बाइक बजारमा उतारेको हो । कम्पनीले यसको सोरुम मूल्य ८५ लाख भारु तोकेको जनाइएको छ । बीएमडब्ल्यूले यो बाइक रेसिङ्का सौखिन युवालाई लक्ष्य गर्दै तयार पारेको हो ।
बीएमडब्ल्यू मोटोराड कम्पनीले भारतीय बजारमा एचपीफोर रेसिङ बाइक सार्वजनिक गरेको छ । कम्पनीले आकर्षक फिचर तथा मूल्यमा यो बाइक बजारमा उतारेको हो । कम्पनीले यसको सोरुम मूल्य ८५ लाख भारु तोकेको जनाइएको छ । बीएमडब्ल्यूले यो बाइक रेसिङ्का सौखिन युवालाई लक्ष्य गर्दै तयार पारेको हो ।
यसमा कार्बन फाइबरको भरपूर प्रयोग गरिएको छ । कम्पनीले एचपीफोर रेसिङ बाइकमा पावरफुल बे्रक्स, सस्पेन्सन, डिजाइन र अन्य इलेक्ट्रोनिक्स उपलब्ध गराएको जनाएको छ । बाइकमा रेसिङ इन्जिन दिइएको छ, जसले २१५ हर्सपावरको शक्ति १३ हजार आरपीएममा जेनेरेट गर्दछ । यस इन्जिनले दस हजार आरपीएममा १२० न्यूटन टर्क जेनेरेट गर्ने बताइएको छ । बाइकको इन्जिनलाई ६ स्पिड ट्रान्समिशनका साथ लन्च गरिएको छ ।
यसका पाङ्ग्रा कार्बन फाइब।ले बनाइएको हुँदा बाइकको तौल न्यूनतम राख्न सहयोग पुगेको छ । एचपी फोरके बाइकको स्टान्डर्ड मोडलको तौल दुई सय आठ किलोग्राम छ । तर, रेसिङ एडिसनको तौल घटेर १७१ केजी पुगेको छ । यो बाइक यति हलुका छ कि यसलाई सुपरबाइक वल्र्ड च्याम्पिएनसिपमा समेत प्रयोग गर्ने गरिएको छ ।
बाइकमा पिरेल्ली डायब्लो सुपरबाइक स्लिक एससी–टु टायर प्रयोग गरिएको छ । यो हाललाई एउटा मात्र रङमा उपलब्ध छ । विश्वभरिमा केवल ७५० थान मात्र बेचिने कम्पनीले बताएको छ । यो बाइक साधारण सडकमा चलाउन स्वीकृति दिइएको छैन ।