ईआईसीएमए मोटरसाइकल सो २०१८, यस्ता छन् आकर्षक बाइक

मेलामा विश्वविख्यात कम्पनीका मोटरसाइकलहरु राखिएका छन् । सन् २०१९ मा बजारमा आउने नयाँ भर्सनका बाइकसमेत उक्त सोका मुख्य आकर्षण छन् ।

इटालीको मिलान सहरमा गत नोभेम्बर ६ देखि सुरु भएको अन्तर्राष्ट्रिय मोटरसाइकल सो ‘ईआईसीएमए’ आज नोभेम्बर ११ मा सम्पन्न हुँदै छ । मेलामा विश्वविख्यात कम्पनीका मोटरसाइकलहरु राखिएका छन् । सन् २०१९ मा बजारमा आउने नयाँ भर्सनका बाइकसमेत उक्त सोका मुख्य आकर्षण छन् ।

प्रदर्शनीमा विश्वविख्यात दुईपाङ्ग्रे कम्पनीका उच्च क्षमताका स्पोर्टस्, पर्यटकीय, इलेक्ट्रिक सोलुसन, कस्टम भेइकल, वातावरण मैत्री, इन्ड्रो एन्ड ट्रायलमा आधारित बाइकहरु राखिएका छन् ।

इटालीमा चलिरहेको सोमा विशेषगरी डुकाटी, बीएमडब्ल्यू, यामाहा, प्रोटोटाइप, अप्रिला, कावासाकी, ड्युक, हार्ले डेभिडसन, सुजुकी, होन्डा, मोटोक्रसलगायत अन्य ब्रान्डका उच्च क्षमताका बाइक प्रदर्शनीमा छन् ।

नेपाली बजारमा नाम नसुनिएका तथा नआएका ब्रान्ड पनि उक्त मेलामा राखिएका छन् । नेपाली बजारमा पनि इटालियन कम्पनीका घेरै बाइक भित्रिने गरेका छन् । त्यसमा पनि विशेषगरी इटालियन कम्पनीका डर्टबाइक नै बढी प्रख्यात छन् । ईआईसीएमए बाइक सोको आज अन्तिम दिन हो ।

प्रदर्शनीमा राखिएका केही आकर्षक बाइकहरू