दक्षिण एसियाका ई–कमर्स प्रयोगकर्तालाई ‘उल्लु’ बनायो दराजले

दराजमार्फत सामान खरिद गर्दा उपभोक्ताले अघिपछिभन्दा पनि बढी मूल्य राखेको र यो ठगी भएको भन्दै सामाजिक सञ्जालमा खुलासा गरेका छन् । दराजले एउटै सामानमा छुटअघि सस्तो र सेल डेको दिनमा महँगो राखेको भन्दै दराजले प्रयोगकर्तालाई ठगिरहेको उपभोक्ताले आरोप लगाएका हुन् ।

दक्षिण एसियाको अनलाइन सपिङ जायन्ट दराजले नोभेम्बर ११ (आज) राखेको दराज ११ ११ सेल डेमा सामान्य दिनमा भन्दा पनि बढीको मूल्य राखिएको भन्दै दक्षिण एसियाकै प्रयोगकर्ता रुष्ट भएका छन् । सामान्य दिनमा भन्दा पनि महँगो र सस्तो सामान्य राखेर ई–कमर्स प्रयोगकर्तालाई ठगी गरेको भन्दै प्रयोगकर्ताले दराजको सामाजिक सञ्जालमा चर्काे आलोचना गरेका छन् ।

दराजमार्फत सामान खरिद गर्दा उपभोक्ताले अघिपछिभन्दा पनि बढी मूल्य राखेको र यो ठगी भएको भन्दै सामाजिक सञ्जालमा खुलासा गरेका छन् । दराजले एउटै सामानमा छुटअघि सस्तो र सेल डेको दिनमा महँगो राखेको भन्दै दराजले प्रयोगकर्तालाई ठगिरहेको उपभोक्ताले आरोप लगाएका हुन् ।

दराज अनलाइनमार्फत खरिद गरिएको एउटा ब्ल्याक क्रोनोग्राफी नामक घडीको बजारमा साधारण मूल्य एक हजार एक सय ६० पर्छ । दराजले पनि सामान्य दिनमा यही मूल्य उल्लेख गरेको थियो । तर उही कलर, उस्तै सामान दराजको सेल डेमा एक हजार नौ सय मूल्य राखिएको छ । दराजले उक्त घडी खरिदमा १८ प्रतिशत छुट दिई सो मूल्यमा उपभोक्तालाई बिक्रीका लागि राखिएको दाबी गरेको छ । दराजले १८ प्रतिशत छुट नदिँदा घडीको मूल्य दुई हजार चार सय २० पर्न आउँछ ।

त्यस्तै उपभोक्ताले बताएअनुसार ग्राहकले अर्डर गरेको सामान नदिएर अर्को सामान दिने गरेकोसमेत पाइएको छ । दराजमार्फत सामान किनेर ठगिएका सुफल काफ्ले लेख्छन्, ‘दराज सेलमा ९० प्रतिशत डिस्काउन्ट पाइयो भनेर समाान नकिन्नुहोला । उही सामानमा २ सय प्रतिशत नाफा राखेर ९० प्रतिशत डिस्काउन्ट दिएको छ । सीधै ठगी, कारबाही कसैले गर्दैन । सचेत भई ठगिनबाट बच्नुस् ।’ उनी मात्र होइन, अहिले दराजबाट अनलाइन सामान खरिद गर्ने दक्षिण एसियाका उपभोक्ताको समेत त्यस्तै गुनासो छ । अर्कोतर्फ बजार मूल्यभन्दा दराजबाट सामान खरिदको मूल्य बढी महँगोसमेत रहेको गुनासो छ ।

दराजलाई चीनको अलिबाबाले खरिद गरेपछि नोभेम्बर ११ मा नेपालसहित श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश, म्यानमारलगायत मुुलुकमा बिग सेल डे घोषणा गरेर सामान बिक्री गरिरहेको छ ।