चार महिनाअघि युकेको हेक्स्थोरपे डोनक्यास्ट सहरको चेरी ट्री रोडको युनिट–४ सञ्चालनमा आएको बेलाको निरीक्षणका क्रममा मेयर माजितले नेपाली व्यवसायी सञ्चालकलाई शुभकामना दिँदै आवश्यक सहयोग गर्ने वचन दिएका छन् ।
नेपाली व्यवसायीले सञ्चालन गरेको बेलाको ब्रान्ड निरीक्षण गर्न बेलायती मेयर माजित खान पुगेका छन् । चार महिनाअघि युकेको हेक्स्थोरपे डोनक्यास्ट सहरको चेरी ट्री रोडको युनिट–४ सञ्चालनमा आएको बेलाको निरीक्षणका क्रममा मेयर माजितले नेपाली व्यवसायी सञ्चालकलाई शुभकामना दिँदै आवश्यक सहयोग गर्ने वचन दिएका छन् ।
कतारमा पाएको सफलतासँगै बेलायतमा पनि नेपाली व्यवसायी अब्दुल वासिद, अब्दुल हाफिज र अब्दुल कदिर बासिदले उत्पादन गरेको ‘बेलाको ब्रान्ड’का बारेमा मेयर खानले चासो देखाएका हुन् । उनले बेलायतमा नेपाली व्यवसायीले लगानी गरेकोमा आफू निकै खुसी भएको उनले बताए ।
बेलायती बजारमा नेपाली ब्रान्डका घरायसी सामग्री, विद्युतीय सामग्री तथा सोफासमेत उपलब्ध रहेको सञ्चालकले जानकारी दिए । अझ केही समयअघि कतारमा भएको प्रोजेक्ट कतार एक्जिबिसनमा पनि हजारांै अन्तर्राष्ट्रिय अवलोकनकर्ताको रोजाइमै थियो । बेलायतमा उनीहरुले बेलाको ब्रान्ड, बेलाइङ्ल्यान्ड र डोनकास्टर एयर बिक्री गरिरहेका छन् ।
आफ्नै गाउँ जनकपुरको बेला गाउँको नामबाट वासिद दाजुभाइले स्थापना गरेको ‘बेलाको ब्रान्ड’का सामग्री कतारमा ‘अब्दुल हाफिज ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनी’मार्फत उत्पादन तथा वितरण हँुदै आएको छ । यूकेबाट भने ‘बेलाको युके लिमिटेड’मार्फत वितरण भइरहेको सञ्चालक अब्दुल वासिदले बताए ।