फुडमान्डु आठौं वर्षमा, सेवाग्राहीलाई खुसी र सन्तुष्टि दिने प्रतिबद्धता

आठौं स्थापना दिवसको अवसरमा फुडमान्डुले आफ्ना सेवाग्राहीलाई ११ नोभेम्बरका दिन हरेक अर्डरमा ८ प्रतिशत छुट दिएको छ ।

काठमाडौंका विभिन्न उत्कृष्ट रेष्टुरेन्टका परिकारहरु ग्राहकको घरदैलोसम्म पुर्याउने सेवा प्रदान गर्दै आएको कम्पनी फुडमान्डुले आफ्नो स्थापनाको आठौं वर्ष पूरा गरेको छ । सन् २०१० मा सुरु भएको कम्पनी फुडमान्डुले हालसम्म लाखौं उपभोक्तालाई सेवा प्रदान गरिसकेको छ ।

आठौं स्थापना दिवसको अवसरमा फुडमान्डुले आफ्ना सेवाग्राहीलाई ११ नोभेम्बरका दिन हरेक अर्डरमा ८ प्रतिशत छुट दिएको छ । साथै ८ जना भाग्यशाली उपभोक्ताले आउँदो ८ महिनासम्म प्रत्येक महिना आठ सय बराबरकोे निःशुल्क खाना अर्डर गर्न पाउने व्यवस्था गरिने पनि कम्पनीले जनाएको छ ।

आफ्ना उपभोक्ता र आबद्ध रेष्टुरेन्टहरुलाई धन्यवाद दिँदै कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मनोहर अधिकारीले आफ्नो सेवा थप सजिलो र गुणस्तरीय बनाई सेवाग्राहीलाई खुसी र सन्तुष्टि प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।