भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत तथा पूर्वमन्त्री कलराज मिश्र र नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाबीच भेटवार्ता भएको छ ।
अध्यक्ष राणाको निवासमा भएको भेटवार्तामा नेपालका उत्पादनलाई भारतीय बजारमा सहज ‘एक्सेस’ दिने विषयमा छलफल भएको छ । सुक्ष्म, साना तथा मध्यम उद्यम मन्त्रालयका पूर्व मन्त्री मिश्रले नेपाली उत्पादनका लागि भारत ठूलो बजार भएको बताए । ‘छिमेकमा ठूलो बजार छ,’ उनले भने, ‘त्यसलाई नेपालले सदूपयोग गर्नु पर्यो ।’
नेपालले भारतजस्तो ठूलो बजारबाट अधिक फाइदा लिनुपर्ने र त्यसका लागि आफूले पहल गर्ने बताए । राणाले नेपाली उत्पादन भारत सहज रुपमा प्रवेश नपाएको बताएपछि जवाफमा मिश्रले बाधा व्यबधानलाई हटाउन मोदी सरकारसँग् आग्रग गर्ने बताए ।
मोदीका विशेष दूत बनेर नेपाल आएका मिश्रले नेपालमा भारतीय लगाउन बढाउन र त्यसको वातावरण बनाउन राणा समक्ष आग्रह गरे । ‘नेपालमा स्थायी सरकार बनेका छ । अहिले काम गर्ने वातावरण पनि बनेको छ,’ राणाले भनिन्, ‘यस्तो बेला भारतीय लगानीकर्ताले ढुक्क भएर लगानी गर्नसक्छन् ।’ अहिले पनि नेपालमा भारतीयको ठूलो लगानी रहेको छ । अझ लगानी बढाउन राणाले आग्रह गरिन् ।