आईफोन एक्स मध्य जनवरीमा मात्र सहजै पाइने

डिसेम्बरका चार पूर्ण हप्ताको अवधिमा आईफोन एक्सको आपूर्ति १० डिसेम्बरको सप्ताहान्तमा २५ प्रतिशत, १७ डिसेम्बरको सप्ताहान्तमा ४४ प्रतिशत, २५ डिसेम्बरको सप्ताहान्तमा ७५ प्रतिशत र अन्त्यमा ९६ प्रतिशतले बढ्यो । विश्वव्यापी (आठ ओटा देशमा) अनलाइन आपूर्ति भने डिसेम्बर अन्त्यसम्मै तीन दिनको समयसीमा यथावत् रह्यो ।

आईफोन एक्सको मागको अनुपातमा आपूर्ति सन्तुलनमा पुगिसकेको बताइएको छ । अमेरिकी एप्पल स्टोरहरुमा डिसेम्बर अन्तिम हप्तामा आइफोनको आपूर्तिमा सरदर ९६ प्रतिशतको औसतले वृद्धि भएको छ । लुप भेन्चर्सका विश्लेषक जेन मुन्स्टरका अनुसार अनलाइन आपूर्ति भने तीन दिनको समय यथावत् राखिएको छ ।

डिसेम्बरका चार पूर्ण हप्ताको अवधिमा आईफोन एक्सको आपूर्ति १० डिसेम्बरको सप्ताहान्तमा २५ प्रतिशत, १७ डिसेम्बरको सप्ताहान्तमा ४४ प्रतिशत, २५ डिसेम्बरको सप्ताहान्तमा ७५ प्रतिशत र अन्त्यमा ९६ प्रतिशतले बढ्यो । विश्वव्यापी (आठ ओटा देशमा) अनलाइन आपूर्ति भने डिसेम्बर अन्त्यसम्मै तीन दिनको समयसीमा यथावत् रह्यो ।

मुन्स्टरले टिप्पणी गरेका छन्, ‘डिसेम्बर त्रैमासमा आईफोन एक्सको आपूर्तिमा धौधौ परेको थियो । सरल आपूर्तिको अपेक्षा भइरहेका बेला उत्पादन कटौती गर्नु सामान्य होइन ।’ यो सम्भव छ, उनी स्वीकार्छन्, एप्पलले आईफोनका अन्य मोडेलको उत्पादन घटाएर आईफोन एक्सको उत्पादन यथावत् राख्न सक्छ । यद्यपि, जहाँसम्म कुल आईफोनका मोडेलमध्ये आईफोन एक्सको हिस्सा ३० प्रतिशत छ, त्यो उत्पादनस्तरलाई बलियो बनाउन पर्याप्त हुनुपर्छ ।