गुणस्तर तथा नापतौल विभागले मापदण्ड नपु¥यार्इ चलाउने ग्यास उद्योगमाथि कारबाही सुरु गर्ने भएको छ । नेपालमा सञ्चालित ५३ ओटा ग्यास उद्योगमध्ये ४ ओटाले सरकारी मापदण्ड पु¥याएको भए पनि बाँकी ४९ उद्योग अझै पनि मापदण्ड बाहिर रहेकाले ती ग्यास उद्योगमाथि कारबाही प्रक्रिया अघि बढाउने विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले क्यापिटल नेपाललाई जानकारी दिए ।
‘मापदण्ड पु¥याउन हेल्चेक्याई गर्ने उद्योगमाथि भोलिबाटै अनुगमन सुरु हुन्छ,’ महानिर्देशक पुडासैनीले भने, ‘दुई हप्ताभित्र सबै उद्योगमाथि अनुगमन सक्छौं, त्यसपछि उद्योग जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर हुन्छ ।’
हालसम्म मनोज ग्यास, नेपाल ग्यास, श्रीकृष्ण ग्यास र साइबाबा ग्यास सरकारी मापदण्ड भित्र रहेको विभागले जनाएको छ । ४९ ओटा ग्यास उद्योग मध्ये ११ ओटाले मापदण्ड भित्र आउन विभिन्न कार्य गरिरहेको विभागले जनाएको छ । बाँकी उद्योग मापदण्डभित्र आउनका लागि आवश्यक प्रक्रिया समेत नथालेको विभागले जनाएको छ ।
सिलिन्डरको हाइड्रोलिक टेस्ट विनै ग्यास भरेर बजारमा पठाउने, भल्व कहिल्यै पनि सफा गर्नेलगायत सामान्य काम समेत पूरा नगरेका उद्योगमाथि जिल्ला अदालतमा मुद्दा दायर हुने विभागले जनाएको छ । मापदण्ड नपु¥यार्इ उद्योग सञ्चालन गर्ने उद्योगीमाथि ६ महिनाको जेल सजाय तोक्न सक्ने ऐनमा प्रस्ट रुपमा लेखिएको छ ।