रोयल इन्फिल्डका दुई मोडल इन्टरसेप्टर र कन्टिनेन्टल जीटी ६५० सार्वजनिक

कम्पनीले इन्टरसेप्टर ६५० र कन्टिनेन्टल जीटीको मूल्य क्रमशः दुई लाख ५० हजार र दुई लाख ६५ हजार भारु तोकेको छ ।

रोयल इन्फिडका इन्टरसेप्टर र कन्टिनेन्टल जीटी ६५० दुई मोडल भारतीय बजारमा सार्वजनिक भएका छन् । कम्पनीले इन्टरसेप्टर ६५० र कन्टिनेन्टल जीटीको मूल्य क्रमशः दुई लाख ५० हजार र दुई लाख ६५ हजार भारु तोकेको छ ।

नेपालमा यी दुई मोटरसाइकलको मूल्य पाँचदेखि ६ लाखसम्म पर्न आउँछ । यी बाइकमा तीन वर्षको वारेन्टी दिइएको छ ।

कम्पनीले इन्टरसेप्टर र कन्टिनेन्टल जीटी ६५०मा ६४८ सीसीको इन्जिन राखेको छ, जसले सात हजार दुई सय आरपीएममा ४७ बीएचपी र पाँच हजार दुई सय ५० आरपीएममा ५२ एनएम पिक टर्क जेनेरेट गर्छ । बाइकमा ६ स्पीड गियरबक्स दिइएको छ ।