no-image

बैङ्किङ तथा वित्तीय संस्थाले गरेको प्रस्तावपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)को मार्केट डेप्थमा उक्त कम्पनीको दोस्रो बजारको सेयर मूल्य बढ्नुका साथै लगानीकर्ताको आकर्षण बढेको हो । आफ्ना लगानीकर्तालाई एनआईसी एसिया बैङ्क र एनएमबी माइक्रोफाइनान्सले बोनस सेयर दिने भएका छन् ।

बोनस सेयर घोषणा गरेका दुई कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ । बैङ्किङ तथा वित्तीय संस्थाले गरेको प्रस्तावपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)को मार्केट डेप्थमा उक्त कम्पनीको दोस्रो बजारको सेयर मूल्य बढ्नुका साथै लगानीकर्ताको आकर्षण बढेको हो । आफ्ना लगानीकर्तालाई एनआईसी एसिया बैङ्क र एनएमबी माइक्रोफाइनान्सले बोनस सेयर दिने भएका छन् ।

यसअनुसार एनआईसीले साढे १० प्रतिशत बोनस तथा एनएमबी माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस सेयर दिने भएका छन् । १० प्रतिशत बोनस पाइने भएपछि एनआईसीको दोस्रो बजारको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । नेप्सेको मार्केटडेप्थअनुसार कम्पनीको सेयर खरिद गर्न चाहने लगानीकर्ताको सङ्ख्या २५ हजार ७ सय ४२ छ । तर सेयर बिक्री गर्न चाहने लगानीकर्ता १३ हजार ५ सय ७१ मात्र छ । मार्केट डेप्थअनुसार कम्पनीको सेयर बिक्री गर्न चाहनेभन्दा खरिद गर्न चाहने लगानीकर्ता करिब दोब्बर छन् । यस्तै एनआईसीको दोस्रो बजार सेयर मूल्य ५ प्रतिशतले बढेको छ ।


यस्तै लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको एनएमबीको सेयर मूल्य ६ प्रतिशतले बढेको छ । कम्पनीको सेयर बेच्न चाहने लगानीकर्ता जम्मा २ सय ९० जना रहेका छन् भने ११ सय २७ जना कम्पनीको सेयर खरिद गर्न चाहन्छन् । बेच्न चाहने लगानीकर्ताले १२ सय ७८ देखि १२ सय ८० रुपैयाँसम्मको सेयर मूल्य राखेका छन् । यस्तै खरिद गर्न चाहने लगानीकर्ताले १२ सय ६२ देखि १२ सय ५० रुपैयाँसम्मको मूल्य दिएका छन् ।