अटो रिक्सा प्रहरी नियन्त्रणमा

जिल्लाका मुख्य बजार वालिङ, स्याङ्जा, बयेरघारी, गल्याङलगायतका ठाउँमा करिब ४० अटो सञ्चालनमा छन् । सवारी चालक अनुमतिपत्र र नम्बर प्लेट बिनै सञ्चालन गर्दा दुर्घटना भए समस्या हुने भएकाले कारबाही थालिएको बताइएको छ ।

वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्सालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

करिब दुई महिनादेखि सञ्चालित अटोलाई चालक अनुमति पत्र र नम्बर प्लेट बिनै सञ्चालन गरेको भन्दै प्रहरीले पाँच अाेटा अटोलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका अटोलाई वडा प्रहरी कार्यालयमा राखिएको ट्राफिक कार्यालयका हवल्दार शङ्कर रिमालले जानकारी दिए ।

जिल्लाका मुख्य बजार वालिङ, स्याङ्जा, बयेरघारी, गल्याङलगायतका ठाउँमा करिब ४० अटो सञ्चालनमा छन् । सवारी चालक अनुमतिपत्र र नम्बर प्लेट बिनै सञ्चालन गर्दा दुर्घटना भए समस्या हुने भएकाले कारबाही थालिएको बताइएको छ । नगरपालिकाले प्रति किलोमिटर १५ र थप किलोमिटरको दश रूपैयाँका दरले भाडा निर्धारण गर्नुका साथै भित्री सडकमा मात्र सञ्चालन गर्नुपर्ने निर्णय गरेपनि अटो सञ्चालकले नियम उल्लङ्घन गरेको प्रहरीले जनाएको छ । रासस