क्यान महासङ्घ र लिभिङ विथ आइसिटीको सहयोगमा हुने इन्फोटेकमा सूचना प्रविधिको क्षेत्रमा आएका नयाँनयाँ प्रविधिको सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिइनेछ ।
कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) मोरङ शाखाले पुस १९ गतेदेखि विराटनगरमा ‘क्यान इन्फोटेक –२०१९’ आयोजना गर्ने भएको छ ।
क्यान महासङ्घ र लिभिङ विथ आइसिटीको सहयोगमा हुने इन्फोटेकमा सूचना प्रविधिको क्षेत्रमा आएका नयाँनयाँ प्रविधिको सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिइनेछ । क्यान मोरङका अध्यक्ष राजनप्रसाद यादवले सो इन्फोटेकबाट विराटनगरलाई प्रमुख व्यापारिक क्षेत्रका रुपमा विकास गर्न मद्दत पुग्ने बताए ।
इन्फोटकमा १२० कक्ष रहने छन् भने झन्डै चार लाख नागरिकले अवलोकन गर्ने अनुमान गरिएको छ । इन्फोटेकमा पाँच करोड रूपैयाँको कारोवार हुने अपेक्षा गरिएको क्यान मोरङले जनाएको छ । रासस