विश्व बजारमा फैलिँदै बाजेको सेकुवा

नेपालको लोकप्रिय फुड एण्ड वेभररेज बाजेको सेकुवाले अमेरिकाको न्यूयोर्कमा आफ्नो शाखा विस्तार गर्ने भएको छ । आगामी मार्च महिनाबाट सञ्चालनमा ल्याउने गरी काम सुरु भइरहेको बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले जानकारी दिए ।

अमेरिकामा बस्दै आएका नेपाली व्यापारिक समूहकातर्फबाट दीपक भण्डारी , पदम गुरुङ, सुरेन्द्र रायमाझी, केदारप्रसाद श्रेष्ठ, महेश भट्टराई, गणेश लम्साल र बाजेको सेकुवाका अध्यक्ष भण्डारीबीच हस्ताक्षर गरेको छ । बाजेको सेकुवाले यो रिजनल फ्रेन्चाइजीको रुपमा सञ्चालनमा ल्याउन लागेको हो ।

अध्यक्ष भण्डारीका अनुसार बाजेको सेकुवाले नेपाल बाहिर पहिलो पटक आफ्नो शाखा विस्तार गरेको हो । हालसम्म नेपालभित्र १३ ओटा शाखा खोलिसकेको छ । अमेरिकासहित अब १४ ओटा शाखा भएको भण्डारीले जानकारी दिए ।

उनका अनुसार आगामी ६ वर्षभित्र अमेरिकामै ७ ओटा भन्दा बढी आउलेख खोल्ने योजना छ । त्यसैगरी, अमेरिकाबाहेक बेलायल, कतार, अस्ट्रेलिया पनि चाडै शाखा खोल्ने उनको तयारी छ ।