बुटवलमा व्यापारीमाथि गोली

गोली लागी घाइते भएका व्यवसायी पौडेलको अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो।

रुपन्देहीमा अज्ञात समूहको गोली लागी एक व्यवसायीको मृत्यु भएको छ । रुपन्देही देवदह नगरपालिका भेकाबारमा फर्निचर व्यवसायी वसन्त पौडेल बलुलाई अज्ञात समूहले गोली प्रहार गरेको हो । गोली लागी घाइते भएका व्यवसायी पौडेलको अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो।

उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार गरिँदै थियो । उनलाई गोली प्रहार गर्नेहरु को थिए र किन भयो भन्नेबारे केही जानकारी नआएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे आवश्यक छानबिन थालिएको प्रहरीको भनाइ छ । मोटरसाइकलमा आएका अज्ञात समूहले पौडेललाई बिहान ११ बजेतिर गोली प्रहार गरेका थिए ।