कारमा नयाँ डिजाइनमा आधारित न्यु–ग्रिल लगाइएको छ भने रियरमा प्रोजेक्टर हेड ल्याम्प्स लगाइएको छ । कारमा उपलब्ध टेलील्याम्प भोल्भोबाट प्रेरित छ ।
मारुति सुजुकीले नयाँ जेनेरेसनको एर्टिगा भारतीय बजारमा सार्वजनिक गरेको छ ।
पुरानो मोडलको तुलनामा यसको डाइमेन्सन केही बढाइएको छ भने टेक्नोलजीले पनि फरक बनाइएको छ । क्याबिनभित्रको स्पेस बढाउनका लागि बूट–स्पेसलाई केही घटाइएको छ ।
कारमा नयाँ डिजाइनमा आधारित न्यु–ग्रिल लगाइएको छ भने रियरमा प्रोजेक्टर हेड ल्याम्प्स लगाइएको छ । कारमा उपलब्ध टेलील्याम्प भोल्भोबाट प्रेरित छ । यसमा १.५ लिटर पेट्रोल र १.३ लिटर डिजेल इन्जिन लगाइएको छ । पेट्रोल इन्जिनमा एमएमटी ट्रान्समिसन दिइएको छ ।
४५ लिटरको फ्युल ट्याङ्की दिइएको छ जसले ६ हजार आरपीएममा एक सय पाँच पावर र चार हजार चार सय आरपीएममा एक सय ३८ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य भने अझैसम्म तोकिएको छैन ।