आन्तरिक राजस्व विभागमाथि निजी क्षेत्र हावी

कर प्रशासन र निजी क्षेत्रबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा निजी क्षेत्रले ३–१ को जित निकालेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना तथा आन्तरिक राजस्व विभागको सह–आयोजनामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा भवानी राणको टीमले सरकारी टीमलाई पराजीत गरेको हो ।

भद्रकालीस्थित नेपाल आर्मीको मैदानमा भएको मैत्रीपूर्ण खेलमा जीत दिलाउन महासङ्घका तर्फबाट लक्ष्मी उप्रेती २ गोल र रामनाथ श्रेष्ठले एक गोल गरेका थिए । आन्तरिक राजस्व विभागको टीमले पेनाल्टीमा टीमले एक गोल गरेको थियो ।

महासङ्घकोतर्फबाट अध्यक्ष तथा क्याप्टेन भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, अभिमन्यु गाेल्छा, रञ्जीत अाचार्य, कमला श्रेष्ठ, भरत अाचार्यलगायतका उद्योगीले फुटबल खेलेका थिए । आन्तरिक राजस्व विभागको टीमले एक गोल गरेको थियो । विभागले पेनाल्टीमा गोल गरेको हो ।