बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो २०७५ सुरु

युथ कम्युनिटी फर नेप्लिज कन्ट्र्याक्टर्सको मुख्य आयोजना तथा विभिन्न चार संस्था नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म र ब्रान्डवर्थ प्रालिको सहआयोजनामा दोस्रो संस्करणको एक्स्पो सुरु भएको हो ।

बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो २०७५ सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा चार दिनसम्म सञ्चालन हुने एक्स्पोमा सर्वसाधारणले सुरक्षित घर निर्माणको जानकारी पाउनेछन् ।

युथ कम्युनिटी फर नेप्लिज कन्ट्र्याक्टर्सको मुख्य आयोजना तथा विभिन्न चार संस्था नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म र ब्रान्डवर्थ प्रालिको सहआयोजनामा दोस्रो संस्करणको एक्स्पो सुरु भएको हो ।

भूकम्पपछि कस्ता घर बनाउने र कसरी सुरक्षित रहन सकिन्छ भन्नेबारे जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको युथ कम्युनिटी फर नेप्लिज कन्ट्र्याक्टर्सका वीरेन्द्रराज पाण्डेले बताए । भूकम्पपछि घर निर्माणका लागि विभिन्न सामग्री उत्पादन भएकाले त्यसको जानकारी पनि एक्स्पोमा पाइनेछ ।

एक्स्पोमा पेन्ट्स, स्टिल, इँटा तथा मार्बल, इन्टेरियर डिजाइन, बैङ्क तथा वित्तीय संस्था, ल्यान्ड एन्ड हाउजिङ, सिमेन्ट उत्पादक, फर्निचर, विद्युतीय उपकरण, पाइप तथा फिटिङ्स कम्पनीहरुको सहभागिता छ । एक्स्पोमा ६० ओटा स्टल छन् ।