काठमाडौंस्थित भारतीय दूतावासले भारतीय उद्योग महासङ्घसँगको सहकार्यमा प्रदर्शनी गरेको हो । प्रदर्शनीमा भारतीय निर्माण उपकरण तथा प्रविधि हेर्न पाइन्छ ।
भक्तपुरको सल्लाघारीमा निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी (कनम्याक) सुरु भएको छ । काठमाडौंस्थित भारतीय दूतावासले भारतीय उद्योग महासङ्घसँगको सहकार्यमा प्रदर्शनी गरेको हो । प्रदर्शनीमा भारतीय निर्माण उपकरण तथा प्रविधि हेर्न पाइन्छ ।
तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उद्घाटन गरे । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीसहित भारत तथा नेपालका निर्माण व्यवसायीको उपस्थिति थियो ।
जेसीबी, एलएन्ड टी, ह्युन्डाई, क्याटरपिल्लर, टाटा हिटाचीलगायत कम्पनीका उत्पादन तथा सेवा प्रदर्शनीमा राखिएको छ ।