टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति निर्देशिका संशोधन

अहिले खाली रहेको उक्त पदमा टेलिकम भित्रबाटै नियुक्त हुनेका लागि पदावधिको बारेमा हेरफेर गरिएको छ ।

सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्देशिका संशोधन गरेको छ ।अहिले खाली रहेको उक्त पदमा टेलिकम भित्रबाटै नियुक्त हुनेका लागि पदावधिको बारेमा हेरफेर गरिएको छ ।

अबदेखि आन्तरिक नियुक्तीबाट प्रवन्ध निर्देशक भएका कर्मचारीले ३ वर्षपछि फेरि पुरानै पदमा कार्यरत रहन पाउने व्यवस्था गरिएको छ ।