सवारी लाइसेन्स आवेदन आजदेखि, घरमै बसेर फारम भर्न सकिने

आवदेकले आज १० बजेपछि विभागको वेबसाइटमा गएर अनलाइन सवारी चालक अनुमतिपत्र क्लिक गरी अनलाइन फारम भर्न सक्ने उपाध्यायको भनाइ छ । अनलाइन फारम भर्दा तथा आवेदन दिँदा सेवाग्राहीलाई कुनै पनि बाधा तथा अवरोध नपरोस् भन्ने हिसाबले यातायात विभागले विभिन्न यातायात कार्यलायका दुई दर्जन कर्मचारीलाई तालिम दिएको छ ।

करिब एक महिनादेखि बन्द रहेको सवारी अनुुमति पत्र लाइसेन्स आज शुक्रबारबाट खुलेको छ । दसैं, तिहार तथा छठ जस्ता चाडपर्वका कारण लाइसेन्सको अनलाइन आवेदन बन्द भएको थियो । तर, नयाँ ट्रायल र फारम नखुले पनि रिट्रायल भने दसैंलगत्तै सुचारु गरिएको थियो ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्ण उपाध्यायले लाइसेन्स आवदेन खुलाउन सबै तयारी पूरा भइसकेको बताए । उनका अनुसार लामो समयको अन्तरालपछि खुल्ने अनलाइन लाइसेन्स आवेदनले विभागको साइट तथा अन्य प्राविधिक समस्या आउन सक्ने भन्दै सजकतासमेत अपनाएको छ ।

हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् । आवदेकले आज १० बजेपछि विभागको वेबसाइटमा गएर अनलाइन सवारी चालक अनुमतिपत्र क्लिक गरी अनलाइन फारम भर्न सक्ने उपाध्यायको भनाइ छ । अनलाइन फारम भर्दा तथा आवेदन दिँदा सेवाग्राहीलाई कुनै पनि बाधा तथा अवरोध नपरोस् भन्ने हिसाबले यातायात विभागले विभिन्न यातायात कार्यलायका दुई दर्जन कर्मचारीलाई तालिम दिएको छ । कुनै पनि प्राविधिक समस्याले आवेदनमा समस्या नआउने विभागका कर्मचारीको भनाइ छ ।

विभागका महानिर्देशक लावण्यकुमार ढकाल पेन्डिङमा रहेका करिब ६ लाख चालकलाई लाइसेन्स अब चाढै उपलब्ध हुने बताउँछन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मालिका नामक कम्पनीलार्इ स्मार्ट लाइसेन्स छाप्ने जिम्मा दिएको थियो । गत केही हप्ता अगाडि पेन्डिङमा रहेका ६ लाख सेवाग्राहीलाई लाइसेन्स उपलब्ध गराउन मालिका कम्पनीलाई दिए पनि लाइसेन्स छपाइको अवस्था उस्तै छ ।

तर विभागबाट लाइसेन्स लिनुपर्ने पेन्डिङमा रहेका ६ लाखले अझै लाइसेन्स पाएका छैनन् । पुराना पाइपलाइनमा रहेको मागलाई पूरा गर्न सकिरहेको छैन । मन्त्रालयले छपाइको काम उक्त कम्पनीलाई अहिलेसम्म हस्तान्तरण गर्ने सकेको छैन । यस विषायमा यातायात विभाग अन्योलमा छ ।

दैनिक २० हजार लाइसेन्स छाप्ने क्षमता भए पनि उक्त गतिमा काम हुन नसकेको महानिर्देशक ढकालले बताए । तर यातायात व्यवस्था विभागले अब जति सक्दो छिटो सेवाग्राहीको हात हातमा सवारी अनुमति पत्र पुर्याउने बताएकाे छ ।