‘हुन्डाई प्रिसियस मोमेन्ट’ प्रतियोगिताका विजेता घोषणा

‘हुन्डाई प्रिसियस मोमेन्ट’ प्रतियोगिता १४ अक्टोबरदेखि १६ नोभेम्बर २०१८ सम्म आयोजना गरिएको थियो ।

नेपालको लागि हुन्डाई मोटर्सको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सुरु गरेको डिजिटल क्याम्पेन ‘हुन्डाई प्रिसियस मोमेन्ट’ को विजेता घोषणा गरिएको छ ।

हिजो २२ नोभेम्बरमा हुन्डाई सोरुम, थापाथलीमा आयोजित लक्की ड्रमार्फत् तारिक मानन्धर, सुधीर एसजेबी राणा र अमित वनमालालाई विजेता घोषणा गरिएको छ । ‘हुन्डाई प्रिसियस मोमेन्ट’ प्रतियोगिता १४ अक्टोबरदेखि १६ नोभेम्बर २०१८ सम्म आयोजना गरिएको थियो ।

परिवारको अमूल्य क्षण समेट्ने यो प्रतियोगितामा भाग लिने सहभागीहरुले आफ्ना परिवार तथा मित्रजनहरुसँग अमूल्य क्षण कैद गरी हुन्डाई मोटरको आधिकारिक फेसबुक पेजमा पोष्ट गर्नुपर्ने थियो ।

प्रतियोगिताअन्तर्गत प्रथम पुरस्कारमा तारिक मानान्धरले कसारा रिसोर्ट, चितवनमा एक जोडीका लागि दुई रात तीन दिनको बसाई जितेका छन् । त्यस्तै दोस्रो पुरस्कारमा सुधीर एसजेबी राणाले कुलप्याड कुल–१ र अमित वनमालाले तेस्रो पुरस्कारमा कुलप्याड मेगा २.५डी जितेका छन् ।

‘हुन्डाई प्रिसियस मोमेन्ट’ प्रतियोगितामा पाँच सय व्यक्तिले सहभागिता जनाएका थिए ।