वेस्टर्न युनियनको पर्व योजना विजेता बने छिरिङ वान्ग्मो

योजनाअन्तर्गत आफन्तले विदेशबाट पठाएको रकम प्राप्त गर्दा ग्राहकले उपहारस्वरूप रकम प्राप्त गरेका थिए ।

वेस्टर्न युनियन मनी ट्रान्सफरले दसंैतिहार र छठपर्वको अवसरमा ल्याएको ग्राहक योजना ‘खुसीको पर्व’मा छिरिङ वान्ग्मोले बम्पर उपहारस्वरूप ५ लाख रुपैयाँ जितेका छन् ।

योजनाअन्तर्गत आफन्तले विदेशबाट पठाएको रकम प्राप्त गर्दा ग्राहकले उपहारस्वरूप रकम प्राप्त गरेका थिए । योजनामा लक्की ड्रमार्फत हरेक दिन १ जना भाग्यशाली विजेताले दैनिक ५५ दिनसम्म १५ हजार रुपैयाँ जितेका थिए । यही योजनाको बम्पर पुरस्कार घोषणा मङ्सिर ३ गते साङ्ग्रिला होटल, लाजिम्पाटमा गरिएको थियो, जसमा वान्ग्मो विजेता भएका हुन् ।

पर्व योजनामा सहभागी हुन वेस्टर्न युनियन सात वटा मुख्य एजेन्ट अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटेन्स प्रालि, माया रेमिट प्रालि, नबिल बैक लि, डिजिटेक रेमिट्यान्स प्रालि, सूर्य रेमिट प्रालि र तिनका नेपालभरका सब एजेन्टमार्फत रकम प्राप्त गर्नुपर्ने थियो ।