एबीबीले अायाेजना गर्याे प्रविधि दिवस 

१ सय ३० वर्ष अघि स्थापित एबीबीले औद्योगिक डिजिटलाइजेसनमा जोड दिइरहेको छ । हाल कम्पनीले १ सय १० देशमा सेवा विस्तार गरिसकेको छ । कम्पनीमा डेढ लाख कार्यरत छन् ।

पावर ग्रिड, इलेक्ट्रिफिकेसन प्रोडक्ट, औद्योगिक स्वचालन तथा रोबोटिक्स तथा मोसनसँग सम्बन्धित प्रविधि उत्पादनमा अग्रणी भूमिका निर्वाह गरेको रतीय कम्पनी एबीबीले एबीबी टेक्नोलोजि डे आयोजना गरेको छ । उपभोग्य वस्तु, यातायात तथा भौतिक पूर्वाधारजस्ता उद्योगहरु सहभागी रहेको कार्यक्रममा सम्बन्धित क्षेत्रको प्रविधिको पनि प्रदर्शनी गरिएको थियो ।

एबीबीले जलविद्युत् उत्पादन, सौर्य ऊर्जा, उद्योग तथा प्लान्टमा उच्चस्तरिय अटोमेसन प्रविधिको विकास गरिरहेको छ । कम्पनीले ती संस्था तथा परियोजनाको सञ्चालन प्रणालीमा ठूलो सघाउ पुर्याएको जनाएको छ । कम्पनीले नेपालमा पनि व्यापार विस्ता गर्ने उद्देश्यले मेला आयोजना गरेको हो ।

कम्पनीले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य लिएको एबीबी इन्डियाका बिक्री तथा बजार व्यवस्थापक कर्थिक कृष्णमूर्तिले बताए । उनका अनुसार नेपाली नागरिकको जीवनशैली विकासका लागि कम्पनीले टेक्नोलोजि डे आयोजना गरेको बताए ।

१ सय ३० वर्ष अघि स्थापित एबीबीले औद्योगिक डिजिटलाइजेसनमा जोड दिइरहेको छ । हाल कम्पनीले १ सय १० देशमा सेवा विस्तार गरिसकेको छ । कम्पनीमा डेढ लाख कार्यरत छन् ।