उपत्यकाबाहिर चल्ने तीन हजार सीसीभन्दा बढी क्षमता भएका बसलाई ५५ लाखभन्दा बढी मूल्य पर्छ । अहिले राजधानीका हरेक सडकमा मयूरका ठूला बसमा देखिन्छन् । मयूर यातायातका अहिले राजधानीमा करिब ७० ओटा बस सञ्चालनमा छन् ।
मयूर यातायातले काठमाडौंबाहिर पनि सेवा विस्तार गर्ने भएको छ । उपत्यकालगायत भक्तपुर र काभ्रेमा सेवा दिँदै आएको मयूर अब भने राजधानीबाहिरका विभिन्न जिल्लामा पनि बस सञ्चालनको तयारी थालेको हो ।
मयूर यातायात प्रालिका अध्यक्ष मोहनबहादुर श्रेष्ठले बढीमा पुस अथवा त्यसअघि नै मयूरका ठूला डिलक्स बस चलाउने बताए । बाहिर चलाउन डिलक्स बसहरूमा रङरोगन तथा अन्य प्राविधिक काम भइरहेको उनको भनाइ छ । ‘यो काम हामी १५ दिनभित्र सकिसक्छौं । बसमा वाइफाईसमेत जडान हुनेछ,’ उनले भने ।
विशेषगरी मयूरले अब दोलखा रामेछाप, ओखलढुङ्गा, लुम्बिनी, पोखरालगायत स्थानमा चलाउने निर्णय गरेको छ । यी क्षेत्रका लागि १० देखि १५ ओटा सुविधायुक्त बस तयारी भइरहेको अध्यक्ष श्रेष्ठको तर्क छ । काठमाडौंबाहिर चल्ने बस ३२ सय सीसीसम्मका हुने कम्पनीले जानकारी दिएको छ । राजधानीबाहिर पनि मयूरका बस सञ्चालन गर्न पाउँदा उत्साहित तथा खुसी भएको उनको दाबी छ ।
उपत्यकाबाहिर चल्ने तीन हजार सीसीभन्दा बढी क्षमता भएका बसलाई ५५ लाखभन्दा बढी मूल्य पर्छ । अहिले राजधानीका हरेक सडकमा मयूरका ठूला बसमा देखिन्छन् । मयूर यातायातका अहिले राजधानीमा करिब ७० ओटा बस सञ्चालनमा छन् ।
मयूर यातायातले एक वर्षभित्र सय ओट विद्युतीय बस पनि भित्र्याउने तयारी थालिसकेको छ । अध्यक्ष श्रेष्ठका अनुसार पहिलो चरणमा ४० ओटा विद्युतीय बस खरिद गर्ने योजनामा छ । अहिले उपत्यकामा चक्रपथ, रत्नपार्क, कलङ्की, थानकोट, बनेपा, धुलिखेल, भकुन्डेबेसी रुटमा चलिरहेका छन् ।