सकियो दुई दिने अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन

सूचना र सञ्चार प्रविधि समाज, नेपाल (एसआईसीटी नेपाल) र थे्रट निक्सको संयुक्त आयोजनामा भएको सम्मेलनमा क्यान महासंघ, इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, एनपिक्स लगायत संस्थाको सहकार्य रहेको थियो ।

नेपालमै पहिलोपटक आयोजना गरिएको दुई दिने अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन २०१८ सम्पन्न भएको छ । काठमाडौंको होटल अन्नपूर्णमा आयोजित यो सम्मेलन विश्वमै प्रसिद्ध ‘ब्ल्याक ह्याट र डीईएफ कन’को नेपालको समकालीन सम्मेलनको रुपमा सञ्चालान भएको हो ।

सूचना र सञ्चार प्रविधि समाज, नेपाल (एसआईसीटी नेपाल) र थे्रट निक्सको संयुक्त आयोजनामा भएको सम्मेलनमा क्यान महासंघ, इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, एनपिक्स लगायत संस्थाको सहकार्य रहेको थियो ।

साइबर सुरक्षाको निमित्त सरकारले गरेका कार्यहरुको विषयमा अर्को प्यानल डिस्कसनमा सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सह(सचिव विरेन्द्रकुमार मिश्र, नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक मिनप्रसाद अर्याल, सुचना प्रविधि विभागका महानिर्देशक लक्ष्मिप्रसाद यादव, एनपिसर्टका सदस्य प्रमोद पराजुली प्यानलिस्टको रुपमा रहेका थिए भने सुवास खड्काले मोडेरेट गरेका थिए ।

नेपालमा साइबर सेक्युरिटीको विषयमा तालिम, विश्लेषण एवं सचेतनामूलक कार्यक्रमहरु नभएको साथै साइबर चुनौती बढ्दै गइरहेको वर्तमान अवस्थामा अन्तर्रा्ष्टिय अभ्यास के कस्तो रहेको छ भन्ने बारे जानकारी प्रदान गर्न र नेपालमा साइबर अपराधको जोखिम न्यूनिकरण गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजक संस्था एसआइसिटी नेपालका उपाध्यक्ष बिशाल महतले बताए ।