उद्योगले हालसम्म सिलिन्डरको हाइड्रोलिक टेस्ट नगरेको, भल्ब सफा नगरेको, सुरक्षाका सामान्य मापदण्ड समेत पालना नगरेपछि सञ्चालनमा रोक लगाइएको विभागले जनाएको छ ।
गुणस्तर तथा नापतौल विभागले चण्डेश्वरी र सूर्य ग्यासलाई सञ्चालनमा रोक लगाएको छ । सरकारले बनाएको न्यूनतम मापदण्ड समेत पूरा नगरेको पाइएकाले दुई ग्यास उद्योगलाई सञ्चालनमा रोक लगाएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले क्यापिटल नेपाललाई बताए ।
उद्योगले हालसम्म सिलिन्डरको हाइड्रोलिक टेस्ट नगरेको, भल्ब सफा नगरेको, सुरक्षाका सामान्य मापदण्ड समेत पालना नगरेपछि सञ्चालनमा रोक लगाइएको विभागले जनाएको छ ।
विभागले आजै दुई उद्योगको प्रडक्ट डेलीभरी अर्डर (पीडीओ) रोक्न नेपाल आयल निगमलाई पत्र लेख्ने तयारी थालेको छ । त्यसैगरी, विभागले दुई ग्यास उद्योगमाथि मुद्दा दायर गर्नका लागि काभ्रे जिल्लामा प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।