सरकारले अनलाइनबाट लाइसेन्सको फारम भर्न सकिने भन्दै प्रचार गरेको थियो । तर, लाइसेन्सका लागि आवेदन खुलेको तीन दिन बित्तिसक्दा पनि अनलाइनबाट फारम भर्न नसकिएको हो ।
सरकारले गत शुक्रबार अनलाइनबाटै लग–इन गरेर लाइसेन्स आवेदन दिन सक्ने बताए पनि सेवाग्राहीले अनलाइन सुविधा लिन सकेका छैनन् । सरकारले अनलाइनबाट लाइसेन्सको फारम भर्न सकिने भन्दै प्रचार गरेको थियो । तर, लाइसेन्सका लागि आवेदन खुलेको तीन दिन बित्तिसक्दा पनि अनलाइनबाट फारम भर्न नसकिएको हो ।
सेवाग्राहीले अनलाइनमार्फत् सवारी लाइसेन्स खुल्ला गरे पनि यातायात विभागको अनलाइन साइट चलेको छैन । चाडपर्वका कारण करिब एक महिना बन्द रहेको सवारी लाइसेन्स आवेदन शुक्रबारदेखि खुला गराएको थियो । अहिले विभागको लाइसेन्स आवेदन साइटमा क्लिक गर्दा फर्म नखुल्ने तथा घुमेर बस्ने समस्या छ । विभागको सवारी अनलाइन आवेदन साइटमा भने ‘अहिले यो साइट चल्न सक्दैन’, देखाइरहेको छ ।
शुक्रबारदेखि खुला भएको सवारी अनुमाति पत्र लाइसेन्स अनलाइन प्रणालीमा सर्भरका कारण समस्या आएको यातायात व्यवस्था प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जनकारी दिए । उनका अनुसार लामो समय लाइसेन्स आवेदन बन्द भएका कारण आवेदन दिने अत्यधिक भएकाले ओभरलोड हुन गई अवस्था आएको हो । यो प्रविधिक समस्या समाधान गर्ने प्रयास भइरहेको उनको भनाइ छ । सवारी अनुमति पत्र लाइसेन्सका लागि एकै चोटी हजारौं मानिसले आवेदन गर्न खोजेकाले अनलाइन प्रणालीले काम नगरेको यातायात विभागले दाबी छ ।
करिब एक महिना बन्द भएकाले सवारी चालक अनुमतिपत्र लिन धेरै सर्वसाधारण प्रतीक्षामा थिए भने केही अवेदन दिने क्रममा थिए । यातायात व्यवस्था विभागको कमजोरीका कारण सेवाग्राहीले सेवालिन सकेका छैनन् ।
त्यस्तै विभागमा ट्रायल पास भएर लाइसेन्स नपाउनेको सङ्ख्या पनि बढ्दो छ । विभागबाट लाइसेन्स लिनुपर्ने पेन्डिङमा रहेका ६ लाखले अझै लाइसेन्स पाएका छैनन् । पुराना पाइपलाइनमा रहेको मागलाई पूरा गर्न सकिरहेको छैन । दैनिक २० हजार लाइसेन्स छाप्ने क्षमता भएको बताइए पनि काम भएको छैन ।
विभागले अनलाइन लाइसेन्स आवेदनका लागि यातायात विभागका २३ कर्मचारीलाई तालिम समेत दिएको थियो । तर साइटको समस्या अहिलेसम्म समाधन गर्न सकेको छैन ।