विभागको अनलाइन लाइसेन्स आवेदनमा मात्र होइन, अनलाइन सवारी दर्ता तथा नामसारी सवारी कर चोक गर्नेलगायतका अन्य विषयमा जानकारी लिनुपरे कुनै पनि विषयका साइट चल्दैनन् । सेवाग्राहीले विभागबाट सेवा पाउनुको साटो सिस्टमको दुरुपयोग भइरहेको देखिन्छ ।
यातायात व्यवस्था विभागकै लापरबाहीका कारण अनलाइन लाइसेन्स आवेदन अन्योलमा परेको छ । विभागले साइटको क्षमता नबढाई अनलाइन लाइसेन्स आवेदन खुला गरेकाले चार दिनदेखि सेवाग्राहीले लाइसेन्स आवेदन दिन पाएका छैनन् ।
एक महिना बन्द भएको लाइसेन्स आवेदन शुक्रबारदेखि खुलेको थियो । विभाग भने एकै चोटी धेरै मानिसले साइट लागइन गरेका कारण समस्या आएको बताइरहेको छ । आवेदन रोकिएको चार दिन बितिसक्दा पनि विभागले समस्याको समाधान निकाल्न सकेको छैन । बेलुकासम्म अनलाइन प्रणालीको प्राविधिक समस्या समाधान गरिसक्ने विभागका सूचना अधिकारी गोकर्ण उपाध्याय बताउँछन् ।
विभागको अनलाइन लाइसेन्स आवेदनमा मात्र होइन, अनलाइन सवारी दर्ता तथा नामसारी सवारी कर चोक गर्नेलगायतका अन्य विषयमा जानकारी लिनुपरे कुनै पनि विषयका साइट चल्दैनन् । सेवाग्राहीले विभागबाट सेवा पाउनुको साटो सिस्टमको दुरुपयोग भइरहेको देखिन्छ ।
प्रवक्ता उपाध्यायले विभिन्न यातायात कार्यालयका दुई दर्जन कर्मचारीलाई अनलाइन लाइसेन्स आवेदनमा आउन सक्ने समस्या समाधान गर्न तालिमसमेत दिएको बताएका थिए । अहिले सवारी अनुमतिपत्रका लागि अनलाइनबाट नहुने भएपछि गत चार दिनयता सेवाग्राही फर्म भर्न पायक पर्ने ट्रायल सेन्टरमै लाइन बसेर फर्म भर्न बाध्य छन् ।
दुई वर्षअघि सुरु भएको अनलाइन प्रणालीमा समयसमयमा समस्या आउने गरेको छ । कहिले सर्भर डाउन हुन्छ भने विभागको साइटमा सेवा उपलब्ध नभएको देखाउँछ । तात्कालिक भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्मा प्रस्ताव लगी मन्त्रिपरिषद्बाट अनलाइन लाइसेन्स प्रणाली सुरु गराएका थिए । तर अहिलेसम्म पनि यो सिस्टममले प्रभावकारी रुममा काम गरेको देखिँदैन ।
विभागका कर्मचारीले समस्या चाँडै समाधान हुने बताए पनि कहिले सेवाग्राहीले सेवा लिन पाउने हुन् कुनै टङ्गो छैन । अहिले हजारौं सर्वसाधारण लाइसेन्स आवेदनको पर्खाइमा छन् । त्यस्तै साइबरबाट फर्म भर्न जाने सेवाग्राहीसमेत अनलाइन आवेदनकै कारण फर्किन बाध्य छन् ।