भाजपा नेता जोलीको दरबारमार्ग डामिलानोमा सपिङ

नेपालका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, फेडरेसनका अध्यक्ष एकनाथ ढकालसहित डामिलानो इटालियाको सोरुममा पुगेका भाजपा नेता जोलीले डामिलानो ब्रान्डका दुई जोर जुत्ता खरिद गरेको सोरुमले जनाएको छ ।

काठमाडाैं : युनिभर्सल पिस फेडरेसनले काठमाडौंमा गर्न लागेको ‘द एसिया प्यासिफिक समिट २०१८’ मा भाग लिन आएका भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले दरबारमार्गस्थित डामिलानो इटालियामा सपिङ गरेका छन् ।

नेपालका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, फेडरेसनका अध्यक्ष एकनाथ ढकालसहित डामिलानो इटालियाको सोरुममा पुगेका भाजपा नेता जोलीले डामिलानो ब्रान्डका दुई जोर जुत्ता खरिद गरेको सोरुमले जनाएको छ । उनीसँगै नेपालले पनि २ जोर सोही ब्रान्डका जुत्ता खरिद गरेका थिए ।

डामिलानो इटालियाका प्रबन्ध निर्देशक रुपेश पान्डेले भाजपाका नेता र पूर्वप्रधानमन्त्री अचानक सोरुममा आएर जुत्ता सपिङ गरेको बताए । ‘अरु सामानहरु पनि हेरेर जानकारी लिए पनि उहाँहरुले जुत्ता सपिङ गर्नुभयो,’ उनले भने ।

२० मिनेट सोरुममा बिताएका भाजपा नेता र पूर्व प्रधानमन्त्री नेपाललाई पान्डेले सोरुमको अवलोकन गराउँदै ब्रान्डका बारेमा जानकारी दिएका थिए ।