हुन्डाई स्यान्ट्रो एक महिनामै साढे ३८ हजार बुक

पाँच भेरियन्टमा उपलब्ध स्यान्ट्रोको मूल्य ३ लाख ८९ हजार ९ सयदेखि ५ लाख ६४ हजार ९ सय भारु छ ।

नयाँ हुन्डाई स्यान्ट्रो एक महिनामै साढे ३८ हजार बुक भएको छ । भारतीय बजारमा सार्वजनिक भएको एक महिनाको अवधिमा सो सङ्ख्यामा स्यान्ट्रो बुक भएको हो ।

बुक भएका कुल स्यान्ट्रोमा ३० प्रतिशत एएमटी भेरिएन्ट, १८ प्रतिशत सीएनजी मोडल छन् । पाँच भेरियन्टमा उपलब्ध स्यान्ट्रोको मूल्य ३ लाख ८९ हजार ९ सयदेखि ५ लाख ६४ हजार ९ सय भारु छ । यो कार कात्तिक ६ गते सार्वजनिक गरिएको थियो ।