बिहिबारदेखि आइतबारसम्म सावारी साधनमा जोर र बिजोर प्रणाली लागू हुने

गृह मन्त्रालयले काठमाडौंमा आयोजना हुने एशिया प्यासिफिक शिखर सम्मेलनमा आउने विशिष्ठ पाहुनहरुको सवारी आवगमनलाई व्यवस्थित गर्न जोरबिजोर प्रणाली सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

उपत्यकामा मंसिर १३ देखि १६ गतेसम्म सावारी साधनमा जोर र बिजोर प्रणाली लागू हुने भएको छ।

गृह मन्त्रालयले काठमाडौंमा आयोजना हुने एशिया प्यासिफिक शिखर सम्मेलनमा आउने विशिष्ठ पाहुनहरुको सवारी आवगमनलाई व्यवस्थित गर्न जोरबिजोर प्रणाली सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

यही मंसिर १४ देखि १७ गतेसम्म हुने एशिया प्यासिफिक शिखर सम्मलेनमा भाग लिन बर्माकी नेतृ आङ सान सुकीसहित सात देशका सरकार तथा राष्ट्र प्रमुख र पाँच सय भन्दा बढी विशिष्ट व्यक्तिहरु काठमाडौँ आउँदै छन । उनीहरुको सुरक्षा तथा आवागमनको व्यवस्थालाई लिएर गृहले जोर बिजोर प्रणाली लागू गर्ने भएको हो।