चौथो इन्टरनेशनल चेम्बर मेलाको उद्घाटन सुकीबाट

एक सय ९० वटा स्टल रहने सो मेलामा गुणस्तरीय सामन प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिबृद्धि गर्न सो मेलाले प्राथमिकता दिने आयोजकले जानकारी दिएको छ । मेलामा अटोमोबाईल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्नि्सिङ, होम अप्लाएन्स लगायतका स्टल रहने आयोजकले जानकारी दिएको छ ।

चौंथो इन्टरनेशनल चेम्बर मेला २०१८को उद्घाटन आङ्साङ् सुकिबाट हुने भएको छ । बिहीबार देखी सोमबारसम्म काठमाडौंको भृकुटी मण्डपमा हुने मेलमा निर्यात प्रवद्र्धन, बैदेशिक लगानी आकर्षण गर्ने उद्देश्यले उक्त मेला आयोजना हुने भएको हो ।

एक सय ९० वटा स्टल रहने सो मेलामा गुणस्तरीय सामन प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिबृद्धि गर्न सो मेलाले प्राथमिकता दिने आयोजकले जानकारी दिएको छ । मेलामा अटोमोबाईल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्नि्सिङ, होम अप्लाएन्स लगायतका स्टल रहने आयोजकले जानकारी दिएको छ ।

५ दिन सम्म चल्ने सो मेलामा ब्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सुचना आदान प्रदान तथा नेपाली उत्पादनको बजारीकरणलाई जोड दिएको हायोजकले जानकारी दिएको छ । चेम्बरले निकासी अभिबृद्धि उद्देश्य लिई प्रदर्शनी मार्फत निकासी योग्य बस्तुको प्रवर्दन गर्न ब्यापारीक समुदायलाई प्रोत्साहन गर्ने जानकारी दिएको छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय एवं ब्यापार तथा निकासी प्रवर्दन केन्द्रको सहकार्यमा हुने सो मेलामा म्यानमार, चीन, पाकिस्तान, बङ्गलादेश, कोरिया, भारत, जापान लगायतका देशहरुको सहभागिता रहनेछन ।