नेपालमा रेनोका २५ सय ग्राहक

कम्पनीले २ हजार ५ सय जना ग्राहक पुगेको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरेको छ ।

कार कम्पनी रेनोका नेपालमा २ हजार ५ सय ग्राहक पुगेका छन् । कम्पनीले २ हजार ५ सय जना ग्राहक पुगेको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले हालसम्म आफ्ना विभिन्न उत्पादनहरु नेपाली ग्राहकलाई बेचेको बताएको छ ।

रेनोको नेपालका लागि आधिकारिक विक्रेता एड्भान्स अटोमोवाईलले बिहीबार सो कार्यक्रम आयोजना गरेको थियो । कम्पनीका उपाध्यक्ष थोमस डुब्रेलले एक ग्राहकलाई कारको चाबी हस्तान्तरण गर्दै नेपालमा रेनोले अझै व्यापार विस्तार गर्नेसमेत जानकारी दिएका छन् ।