यामाहाले सार्वजनिक गर्यो वार्इजेडएफ आर थ्री बाइक

थाइल्यान्डमा देखाइएको उक्त बाइक नै नेपाली बजारमा आउने बाइक हो ।

यामाहाले नयाँ मोटरसाइकल वार्इजेडएफ आर थ्रीको फेसलिफ्ट सार्वजनिक भएको छ । कम्पनीले यो मोटरसाइकलाई थाई मोटर एक्स्पो – २०१८ मा सार्वजनिक गरेको हो ।

थाइल्यान्डमा देखाइएको उक्त बाइक नै नेपाली बजारमा आउने बाइक हो । तीन कलर अप्सनमा आएको यो बाइक मेट ब्ल्यू, मेट–ब्ल्याक र मेट–रेड कलरमा उपलब्ध हुनेछ । कलरका कारण पनि यो बाइक निकै आकर्षक देखिएको छ ।

कम्पनीले यामाहाको वार्इजेडएफमा स्टील ट्युवलर चेसिसको प्रयोग गरेको छ भने ड्यूल एलईडी हेडलाइटको प्रयोग गरेको छ । बाइकमा ३२१ सीसी लिक्विड–कुल फोर–स्ट्रोक, टु–सिलिन्डर, फ्यूल इन्जेक्टेड इन्जिन प्रयोग गरिएको छ । जसले ४२ पीएस पावरकासाथै २९.६ एनएम–टर्क उत्पादन गर्छ ।