टेलिकमको भ्वाइस सेवामा समस्यै समस्या

टेलिकममा पटकपटक यस्तो समस्या आइरहेको छ । केही दिनअघि पनि मोबाइल नेटवर्कमा देखिएको समस्याले सेवाग्राहीलाई हैरान पारेको थियो ।

टेलिकमको भ्याइस कलमा समस्या आएको छ । फोन गर्दा काटिने, टावर नदेखाउने तथा फोन गर्दा नबुझिने जस्ता समस्या आएका छन् । अहिले टेलिकमको भ्वाइस सेवामा प्रविधिक समस्या आएको टेलिकमका सहप्रवक्ता सोवन अधिकारीले जानकारी दिए । उनका अनुसार सो समस्यालाई समाधन गर्न निर्देशन दिइसकेको छ ।

टेलिकममा पटकपटक यस्तो समस्या आइरहेको छ । केही दिनअघि पनि मोबाइल नेटवर्कमा देखिएको समस्याले सेवाग्राहीलाई हैरान पारेको थियो । फोन नलाग्ने तथा नेटवर्क नटिप्ने करिब दुई घण्टादेखि भइरहेको छ । समस्या कसरी आयो भन्ने पत्ता लगाउनेतर्फ लागिरहेको उनले बताए ।