सहसचिव तारानाथ पौडेल घुससहित अख्तियारकाे फन्दामा

अख्तिरका प्रवक्ता रामेश्वर दंगालका अनुसार लोकसेवा आयोगमा जागिर दिने भन्दै घुस लिएका थिए ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव डा। तारानाथ पौडेललाई घुससहित पक्राउ गरेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा. पौडेललाई एक लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तिरका प्रवक्ता रामेश्वर दंगालका अनुसार लोकसेवा आयोगमा जागिर दिने भन्दै घुस लिएका थिए । घुस सहित पक्राउ परेका सहसचिव पौडेललाई पोखरामै राखिएको र थप अनुसन्धानका लागि भोलि काठमाडौं ल्याइने प्रवक्ता दंगालले बताए ।