बसपार्क बाहेकका सबै काउन्टर बन्द गरिने,अधिकासं टहरा हटाइदै

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कंलकी, गौशाला, कोटेश्वर लगाएतका विभिन्न स्थानमा राखिएका बसका टिकट काउन्टर बन्द गर्ने निणर्य गरेको हो ।

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क बाहेकका सबै टिकट काउन्टर बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका कंलकी, गौशाला, कोटेश्वर लगाएतका विभिन्न स्थानमा राखिएका बसका टिकट काउन्टर बन्द गर्ने निणर्य गरेको हो ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा शुक्रबार बसेको बैठकले जथाभाबी राखिएका टिकट काउन्टर हटाउने देखि बसपार्क क्षेत्रमा सडक पेटीमा राखिएका पसल हटाउने निणर्य गरेको हो । बसपार्क क्षेत्रमा सडक मिचेर राखिएका पसल एक साता भित्र हटाउन सम्वन्धीत निकाएलाई निर्देशन दिइएको छ । त्यसैगरी लामोदुरीका सवारी साधन अनिवार्य रुपमा बसपार्कमा इन्ट्ी हुनुपर्ने छ ।

उपत्यकाको टफिक ब्यवस्थालाई सहज बनाउन र सडक जामलाई कम गर्न यस्तो निणर्य गरिएको हो ।