यस्तो छ यामाहाको एमटी १५ मोटरसाइकल (हेर्नुस् फोटो)

बाइकमा एलईडी हेडलाइट, आकर्षक फ्युल ट्याङ्की र १७ इन्चको ह्वीलका साथै आल्मसनियम स्विङ् दिइएको छ ।

थाइल्यान्डमा जारी अटो एक्स्पो २०१८ मा सार्वजनिक भएको यामाहा एमटी–१५ स्ट्रीट–फाइटर बाइक सार्वजनिक भएको छ । बाइकमा एलईडी हेडलाइट, आकर्षक फ्युल ट्याङ्की र १७ इन्चको ह्वीलका साथै आल्मसनियम स्विङ् दिइएको छ ।

१५५ सीसी लिक्विड कुल सिङ्गल सिलिन्डर फोर–भल्भ इन्जिनले १९ बीएचपी पावरका साथै १४.८ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स लगाइएको छ । बाइकमा १० लिटर क्षमताको फ्युल ट्याङ्की छ ।