बिग्रिएको अनलाइन लाइसेन्स आवेदनको साइट बन्यो, अब घरमै बसेर आवेदन दिन सकिने

विभागको लापर्वाहीका कारण सवारी अनुमति पत्र खुलेकोे करिब एक हप्तासम्म बन्द भएको थियो ।

यातायात व्यवस्था विभागले बिग्रिएको अनलाइन लाइसेन्स अवेदनको साइट बनाएको छ । विभागको लापर्वाहीका कारण सवारी अनुमति पत्र खुलेकोे करिब एक हप्तासम्म बन्द भएको थियो । चाडपर्वका कारण लाइसेन्स आवेदन बन्द गरेकोमा गत सात गते पूर्णरुपमा खुला गरे पनि साइट खुल्न सकेको थिएन ।

एक हप्तासम्म विभागको लाइसेन्स आवेदन साइटमा क्लिक गर्दा फर्म नखुल्ने तथा घुमेर बस्ने समस्या देखिएको थियो । विभागको सवारी अनलाइन आवेदन साइटमा भने ‘अहिले यो साइट चल्न सक्दैन’, भनेर देखाएको थियो ।

विभागले अब लाइसेन्स आवेदनमा कुनै पनि समस्या नदेखाउने जनाएको छ । साइट पूर्णरुपमा बनिसकेको र अब धमाधम लाइसेन्स आवेदन लिने बताइएको छ ।