पेट्रोलको मूल्य लिटरको ११२, र डिजेल÷मट्टीतेलको मूल्य ९९ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको छ । सोमबार राती १२ बजेपछि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा २–२ रुपैयाँ घटाएको हो । पेट्रोलको मूल्य लिटरको ११२, र डिजेल÷मट्टीतेलको मूल्य ९९ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
निगमले यसअघि पेट्रोल प्रतिलिटर ११४ रुपैयाँ, डिजेल र मट्टीतेल लिटरको १०१ रुपैयाँमा बिक्री गर्दै आएको थियो ।